+
+

पेस्तोलसहित भारतीय नागरिक महोत्तरीमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ११ गते १८:५३

११ साउन, महोत्तरी । प्रहरीले हतियारसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत सितामढी बथनाहा महुअवाग्राम-५ का १८ वर्षीय जितेन्द्रकुमार रायलाई पेस्तोल र तीन थान गोलीसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

रायलाई सम्सी गाउँपालिका-२ स्थित सम्सी बजार हुँदै पर्सागाउँ जाने कच्ची सडकमाबाट हतियारसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीले रायको साथबाट बीआर०६एक्यु १३४९ नम्बरको अपाचे मोटरसाइकल पनि बरामद गरेको छ ।

महोत्तरीमा विगतको समयमा आपराधिक घटनाहरु बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

महोत्तरीमा केही दिन अघि प्रहरी र गाँजा तस्करबीच दोहोरो भिडन्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?