+
+

नक्कली नोटसहित समातिएका फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १६:१२

१८ साउन, काठमाडौं । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् ।

उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

शुक्रबार धरौटी रकम बुझाएपछि उनलाई छाडिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

यसअघि जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

वाग्ले चलचित्र लुटका निर्माता हुन् ।

यो पनि पढ्नुस्

नक्कली नोटसहित फिल्म निर्माता वाग्ले पक्राउ, सुटिङका लागि बनाएको दावी

माधव वाग्लेसहित तीन जना जेल चलान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?