Comments Add Comment

मुलुकी संहिता लागू हुँदा १४ ऐन खारेज, ३६ संशोधन


१ भदौ, काठमाडौं । जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन आजदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ५ वटा ऐन कार्यान्वयनमा आएका छन् ।

१. मुलुकी देवानी (संहिता) ऐन

२. मुलुकी देवानी कार्यविधि (संहिता) ऐन

३. मुलुकी अपराध (संहिता) ऐन

४. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन

५. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन

साउन मशान्तसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा देवानी र फौजदारी दुबैथरी मुद्दाको सजाय र कार्यविधि एकै ठाउँमा थियो ।

तर नयाँ मुलुकी संहितामा देवानी र फौजदारी मुद्दाको सजाय र कार्यविधि (कानूनी उपचार पाउने विधि) अलग अलग कानूनमा राखिएको छ । त्यस्तै फौजदारी मुद्दामा कसूरदारलाई सजाय निर्धारण गर्ने तरिका समावेश भएको छुट्टै ऐन पनि लागू भएको छ ।

यी पाँचवटा बाहेक भदौ १ देखि अर्को एउटा ऐन पनि लागू भएको छ । जुन ऐनले यसअघि प्रचलनमा रहेको धेरै ऐन संशोधन, एकीकरण र खारेज गरेको छ ।

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले नयाँ मुलुकी संहिता लागू भएपछि तीसँग बाझिएका धेरै नेपाली ऐनहरुलाई संशोधन र खारेज गरेको छ । जुन ऐन अनुसार नेपालका १४ वटा ऐन खारेजीमा परेका छन् ।

खारेज भएका ऐनहरु 

१. मुलुकी ऐन २०२०

२. नागरिक ऐन २०१२

३. गाली र बेइज्जती ऐन २०१६

४. भिक्षा माग्ने (निषेध) ऐन २०१८

५. जुवा ऐन २०२०

६. सरकारी मुद्दा सम्बन्धी ऐन २०४९

७. सरकारी मुद्दा सम्बन्धी ऐन २०४९

८. केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन २०२०

९. केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७

१०. राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६

११. नेपाल कोर्ट फी ऐन २०१७,

१२. जासूसी ऐन २०१८,

१३.  विवाह दर्ता ऐन २०२८

१४. करार ऐन २०५६

त्यस्तै राजस्व न्यायाधीकरण एेन २०३१ को अनुसूची १ को क्रम संख्या ४ र सर्वोच्च अदालत ऐन २०४८ को दफा ५ पनि खारेज भएका छन् ।

नयाँ मुलुकी संहिता लागू हुने भएपछि नेपालका ३६ वटा पुराना ऐनहरु संशोधन गरिएको छ । मुलुकी संहितामा रहेको व्यवस्थासँग बाझिने गरी रहेका ती ऐनका प्रावधान संशोधनमार्फत हटाइएको छ ।

संशोधन भएका ऐनहरु

१. जलचर संरक्षण ऐन २०१७

२. विस्फोटक पदार्थ ऐन २०१८

३. विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९

४. हातहतियार खरखजना ऐन २०१९

५. हुलाक ऐन २०१९

६. जग्गा (नाप जाँच) ऐन २०१९

७. कारागार ऐन २०१९

८. नेपाल मेडिकल काउन्सिल ऐन २०२०

९. खाद्य ऐन २०२३

१०. होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३

११. राहदानी ऐन २०२४

१२. स्टाडर्ड नाप र तौल ऐन २०२५

१३. संक्षिप्त कार्यविधि ऐन २०२८

१४. स्थानीय प्रशासन ऐन २०२८

१५. शिक्षा ऐन २०२८

१६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९

१७. प्रमाण ऐन २०३१

१८. मालपोत ऐन २०३४

१९. औषधी ऐन २०३५

२०. आयुर्वेद चिकित्सा परिषद ऐन २०४५

२१. नेपाल खानेपानी संस्थान ऐन २०४६

२२. जीवनाशक विषदी ऐन २०४८

२३. बालबालिकासम्बन्धी ऐन २०४८

२४. शहरी तथा यातायात व्यवस्था ऐन २०४९

२५. वन ऐन २०४९

२६. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२

२७. नेपाल नर्सिङ परिषद ऐन २०५२

२८. मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५४

२९. बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६

३०. नेपाल फार्मेसी परिषद ऐन २०५७

३१. सशस्त्र प्रहरी ऐन २०५८

३२. नेपाल राष्ट्र बैंक ऐन २०५८

३३. अन्तशुल्क ऐन २०५८

३४. सैनिक ऐन २०६३

३५. मानव वेचविखन तथा ओसरा पसार (नियन्त्रण) ऐन २०६४

३६. भन्सार ऐन २०६४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment