Comments Add Comment

सनरूफसहितको महिन्द्रा ‘प्लस न्यू एक्सयूभी ५००’ नेपालमा

११ भदौ, काठमाडाैं । महिन्द्राले सनरूफसहितको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा ल्याएको छ। महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले सोमबार एक कार्यक्रम गरेर यो गाडीको बिक्री सुरू गरेको हो ।

महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग दक्षिण एसियाका उपाध्यक्ष सञ्जय यादबले प्लस न्यू एक्सयुभी ५००ले बजारमा यसले ग्राहकलार्इ शतप्रतिशत प्रभावित गर्ने बताए।

आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको छ। गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति छ। छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू  स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेशनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट समेत छ।

यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ।

अग्नि समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठकाअनुसर नयाँ गाडीले ड्राइभिङको आनन्द र उत्साह बढाउने बताए। यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुनेछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment