Comments Add Comment

हत्याका आरोपी ५ वर्षपछि पक्राउ

१३ भदौ, वीरगञ्ज । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका ६ का चोकट सहनी रहेका छन् ।

चोकट सहनी समेतले २०७० कात्तिक १७ गते बाराको साबिक पत्रहट्टी गाविस ९ कि २१ वर्षकी खुश्बुदेवी सहनीको हत्या गरेको आरोप लागेेको छ । नातामा काका ससुराको छोरा पर्ने चोकट सहनीसमेतले खुश्बुको हत्या गरी शवलाई भुतही खोला किनारमा गाडेका थिए ।

गाउँघरमै लुकेर बसेको थाहा पाएपछि प्रहरीले भदौ ८ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

बारा जिल्ला अदालतको आदेशनुसार चोकट सहनीलाई पुर्पक्षको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment