Comments Add Comment

विषाक्त मदिरा प्रकरणः मृतक ६ नेपालीको पहिचान

३ असोज, क्वालालम्पुर । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु अझै उपचाररत छन् ।

मृत्यु हुनेमा धादिङ, बसेरी-३ का मिमबहादुर घले, रुपन्देही, मसिना-६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी-५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा-९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोले हुन् तर, उनको जिल्ला यकिन हुन सकेको छैन ।

सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएपछि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए ।

पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गरेपछि मृतकको शव सम्बन्धित रोजगारदाताको सहयोगमा पठाउन पहल भइरहेको नेपाली दूतावासले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ भने विषाक्त मदिराको स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

दूतावासले स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत मलेसियामा रहेका नेपालीहरुलाई आहृवान गरेको छ ।

हेर्नुहोस् मृतक र बिरामी भएका नेपालीहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment