पत्रकार ऋषि धमला सधै अरुका चलचित्रको बारेमा बोल्थे । तर, यसपटक उनलाई आफूले नै निर्माण गरेको चलचित्र ‘अनुराग’को प्रचारमा भ्याई नभ्याई छ । केही दिन अगाडि भारतका चर्चित नायक गोविन्दा नेपालमा आए । गोविन्दाको पत्रकार सम्मेलन त्रिभुवन विमानस्थलमा चलिरहँदा धमलाले भने-‘मैले ‘अनुराग’ नामक चलचित्र बनाएको छु । यो चलचित्र हेरेर गोविन्दाजीले समिक्षा गर्दिनुपर्नेछ । चलचित्र एकदमै राम्रो छ ।’
चलचित्र प्रचारका लागि धमला यतिबेला देश दौडाहामा निस्किएका छन् । कलाकार समुन्द्र पण्डित, एलिजा गौतम र निर्देशक सत्यराज चौलागाइलाई बोकेर उनी देश दौडाहामा निस्किएका हुन् ।
केही दिन अगाडि आयोजना भएको चलचित्र ‘छक्का पन्जा ३’को कार्यक्रममा उपस्थित कलाकारलाई नै धमलाले आफ्नो चलचित्रको बारेमा बोलिदिन आग्रह गरे । चलचित्रलाई शुभकामना दिनका लागि धमला अहिले चलचित्रकर्मीलाई नै आग्रह गरिरहेका छन् ।
सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्र असोज १२ गतेबाट रिलिज हुँदैछ । धमलाका अनुसार, चलचित्रले माया, प्रेम र रोदनको कथालाई उठान गरेको छ ।
चलचित्र बनाउन भन्दा नेपालमा चलाउन गाह्रो छ । सायद, निर्माता भएपछि ऋषि धमला अहिले यो कुरा महशुश गरिरहेका होलान् ?
प्रतिक्रिया 4