+
+
Shares

शिक्षकलार्इ मुख्यमन्त्री पाैडेलको सुझावः पेशालार्इ मर्यादित बनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १७ गते १८:२९

१७ मङ्सिर, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह प्रस्ट हुनुपर्ने विचार व्यक्त गरे ।

‘वर्षौंदेखि जुन शिक्षा नीतिको विरोध गर्दै आयौँ,’ उनले भने, ‘अब हामी सरकारमा छौँ, व्यक्तिमुखी होइन निष्पक्ष भएर नीति बनाऔँ ।’

जिल्ला समन्वय समिति मकवानपुरका सहसंयोजक भगवती पुडासैनीले सबै विद्यालयमा अनिवार्य रुपले बाल विकास केन्द्र सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा.डा. शारदा थपलियाको अध्यक्षतामा भएको सो कार्यशालामा आयोगका तर्फबाट डा भोजराज काफ्लेले प्रारम्भिक बाल तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, अनौपचारिक साक्षरता, उच्च शिक्षा, समावेशी र समसामयिक विषयवस्तु, शिक्षामा गुणस्तर र सुशासन तथा वित्त र साझेदारी विषयमा खुला सुझाव सङ्कलन गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?