+
+

पोखराबाट आएको बसमा भेटियो ४ किलो चरेश, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १४:२१

१८ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटले ४ किलो लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-७ का १९ वर्षीय श्यामलाल तामाङ छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाका अनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५६७ नम्बरको बसबाट उनलाई चरेशसहित पक्राउ गरिएको हो । ‘विशेष सुराकीका आधारमा चेकजाँच गर्दा उनी समातिएका हुन्’, डीएसपी थापाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

यसैबीच, महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रमुख प्रहरी निरीक्षक शकंर खड्का नेतृत्वको टोलीले पनि लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको कातिके देउराली-५ घर भएका ३० वषर्ीय मनोज रिमाल छन् । शंका लागेर चेकजाँच गर्दा उनको साथमा रहेको रातो रंगको कपडाको झोलामा प्रतिबन्धित लागूऔषध भेटिएको थियो ।

डीएसपी थापाका अनुसार उनको साथबाट नुफिर्न, फेनारगन तथा डाइजेल्याप ४६/४६ एम्पुल भटिएको हो । उनीमाथि पनि थप अनुसन्धान भइरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?