Comments Add Comment

समायोजन नभएसम्म कर्मचारीको सरुवा रोक्का

२५ मंसिर, काठमाडौं । सरकारले कर्मचारी समायोजन नभएसम्मका लागि सबै सरकारी कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम संघ, प्रदेश र स्थानीयत तहमा कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो ।

मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण अध्यावधिक गर्न मंगलबार नै सबै निकायमा पत्राचार गरेको छ । कर्मचरीलाई पनि एसएमएस गरेर यसको जानकारी दिइएको छ ।

कर्मचारी समायोजन हुने समय नजिकिएपछि कर्मचारीहरु सरुवा माग्दै मन्त्रालय धाउने राजनीतिक लबिङ गर्ने क्रम तीव्र भएको थियो ।

त्यसैका कारण समायोजन नै प्रभावित हुने अवस्था देखेपछि मन्त्रालयले समायोजन नभइन्जेलसम्म विवरणमा फरक नपरोस् भन्ने उद्देश्यले सरुवा रोकेको हो ।
मन्त्रालयले सबै कर्मचारीको विवरण निजामती राष्ट्रिय किताबखानामा अपडेट गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

कर्मचारी समायोजनका लागि निवेृदन दिन आफू खटिएको कार्यालयमा उपस्थित भएर निवेदन दिनुपर्ने भएकाले मंसिर २८ गते शुक्रबारभित्र हुन मन्त्रालयले निर्देशन दिएको छ ।

यसको जानकारी सम्बन्धित सेवा सञ्चालन गर्ने निकाय र मन्त्रालय तथा किताबखानामा पनि पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस् परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment