Comments Add Comment

अष्ट्रेलियाको सेज एजुकेशनको सेवा अब काठमाडौंमै

२८ माघ, काठमाडौं । अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो ।

अष्ट्रेलियामा अध्ययन गर्न पठाउने थुप्रै कन्सलटेन्सीहरु काठमाडौंमा छन् । अष्ट्रेलियाको विषयमा सम्पूर्ण जानकार व्यक्तिहरुबाट पहिले अष्ट्रेलियामा नै सञ्चालित कन्सलटेन्सी भएका कारण यसले अन्यको भन्दा फरक र पृथक तरिकाले सेवा दिने बताएको छ ।

उच्च शिक्षाका लागि विदेशीने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दो छ । उसैगरी शैक्षिक परामर्श दातृ संस्थाहरु पनि बढेका छन् । परामर्श दातृ संस्था अर्थात कन्सलटेनसीको काम विद्यार्थीलाई सही काउन्सिलिङ गर्नु हो । तर, सञ्चालक कन्सलटेन्सीले राम्रोसँग काउन्सिलिङ नगरेका कारण पनि धेरै विद्यार्थीहरुले अष्ट्रेलियामा पुगेर सास्ती खेप्नु परेको छ ।

तर सञ्चालित कन्सलटेन्सीहरु भन्दा विलकुल फरक ढंगबाट सेजले काउन्सिलिङ गर्ने सेजका विजनेश डेभलपमेन्ट म्यानजेर सुमन नेपाल दाबी गर्दछन् ।

के छ फरक सुविधा ?

सेजले घरमै गएर काउन्सिलिङ सेवा दिने सेजका विजनेश डेभलपमेन्ट म्यानजेर नेपालले बताए । ‘काउन्सिलिङ राम्रोसँग भएन भने पनि विद्यार्थीलाई नराम्रो असर पर्छ, यसर्थ हामी घरमै गएर अविभावकसँगै राखेर विद्यार्थीलाई काउन्सिलिङ गर्छौं,’ उनी भन्छन्, ‘अभिभावकसँगै राखेर काउन्सिलिङ गर्दा विद्यार्थीसँगै अभिभावकलाई समेत ढुक्क हुन्छन् ।’

पहिले विद्यार्थीको चाहाना बुझ्ने र सोहीअनुसार काउन्सिलिङ गर्ने नेपालले बताए । उनी भन्छन्, ‘कोही अध्ययनका लागि मात्रै जाने हुन्छन् उनीहरु अध्ययन गरेर फर्किन्छन् भने कोही अध्ययन गरेर उतैको पीआर लिएर बस्ने सोच भएका पनि हुन्छन् । उनीहरुको चाहाना बुझेर हामीले आवश्यक परामर्श दिन्छौं ।’

अर्को तर्फ कन्सलटेन्सीहरुले नेपालको प्रक्रिया पूरा गरेर आफूले पाउने कमिशन लिएपछि विद्यार्थीको मतलव गर्दैनन् । जसका कारण अष्ट्रेलियामा पुगेपछि विमानस्थलमै अलमलमा पर्ने तथा उता पुगेर पनि काम नपाउने धेरै समस्या हुन्छ । तर सेजले यी समस्याहरुको समेत निराकरण गर्ने दावी नेपालले गरे ।

विमानस्थलबाट रिसिभ गराएर विद्यार्थीलाई आवश्यक सम्पूर्ण व्यवस्था कन्सलटेन्सीले नै गर्ने उनले जानकारी दिए । सेजमा पुगेपछि सही परामर्श नपाएर अलमलमा पर्नु पर्ने वा अन्य कुनै परामर्श सम्बन्धी समस्या नहुने नेपालको दावी छ ।

सेजले अहिले काठमाडौैंको नयाँ बानेश्वर र ललितपुरको लगनखेलमा कार्यालय स्थापना गरिसकेको छ । अष्ट्रेलिया अध्ययनका लागि जान चाहने जोकोहिले बानेश्वर कार्यालयमा गएर बुझ्न सक्ने उनले बताए । अन्य जानकारीका लागि सेजको आधिकारिक वेभसाइट www.sageevs.com खोलेर हेर्न सकिन्छ वा ०१-४७८०२८८ मा फोन सम्पर्क गर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment