Comments Add Comment

हिमालय एयरलाइन्सलाई बक्यौता चुक्ता गर्न ताकेता

४ फागुन, काठमाडौं । हिमालय एयरलाइन्सलाई तुरुन्त बक्यौता चुक्ता गर्न सरकारले ताकेता गरेको छ । विमानस्थलको सेवा शुल्क तिर्न ढिलाइ गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हिमालय एयरलाइन्सलाई पत्र काटेको हो ।

यसअघि हिमालय एयरलाइन्सलाई शनिबारसम्मको समयसीमा दिएर पनि पत्र काटिएको थियो । तर, बक्यौता तिर्न नआएपछि कम्पनीलाई फेरि कार्यालयले पत्र लेखेको हो ।

हिमालयले झण्डै ८ महिनाको बक्यौता तिर्न बाँकी छ । करिब २० करोड बक्यौता र त्यसमा लाग्ने बिलम्ब शुल्क तिर्न पत्र काटिएको हो ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले हिमालयको बक्यौता उठाउन कार्यालयले ताकेता गरिरहेको बताए । ‘कम्पनीले तिर्छु भनिरहेको छ, तर, अझै थुप्रै बक्यौता तिर्न बाँकी छ,’ क्षेत्रीले भने,’हामीले जतिसक्दो छिटो तिर्न भनेका छौं ।’ उनले बक्यौता तिर्न अझै ढिलाइ भए कानुनी उपचारमा जाने बताए ।

‘हामी विमानहरु ग्राउण्डेड गर्छौं,’ क्षेत्रीले भने,’पछिल्लो पटक त्यही जानकारी दिएर पत्र काटेका हौं ।’

पछिल्लो समयमा कम्पनीले ६ करोड मात्रै बक्यौता तिरेको छ । हाल हिमालयसँग ३ वटा विमान छन् । जसले विभिन्न गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment