+
+

बैबाहिक जीवनको प्रश्नमा शिवको यस्तो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ६ गते ११:४९

नायक शिव श्रेष्ठ अहिले चलचित्रको दुनियाँबाट थोरै पर देखिएका छन् । ‘बागमती’ चलचित्रबाट धमकेदार कमब्याक गर्ने सोच बनाएका उनको योजना असफल भयो । यो चलचित्र नचलेपछि शिवले आफै चलचित्र निर्माण पनि थालेका थिए । तर, त्यो चलचित्रको काम पनि अहिले रोकिएको छ ।

उनै, शिव चलचित्रका कार्यक्रममा कहिलेकाही देखिने गर्छन् । केही दिन अगाडि नायिका बर्षा राउत र नायक संजोग कोइरालाको बिहे पार्टीमा श्रीमती र छोरासहित पुगेका शिवलाई पत्रकारले प्रश्न सोधे–‘तपाइको बैबाहिक जीवन कस्तो चलिरहेको छ, भनिदिनुहोस् न ।’

शिवले यो कुरामा चलाखीपूर्ण जवाफ दिए । उनले आफ्ना छोरालाई जुरुक्कै बोके र भने–‘यी यसलाई सोध्नुहोस्, यसले भन्छ ।’ शिवले साना छोरातर्फ यो कुरा सोझ्याइदिएपछि पत्रकारले पनि अन्य प्रश्न गरेनन् । शिवले जेठी पत्नीसँग डिभोर्स भएपछि दोश्रो बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?