Comments Add Comment

औद्योगिक मेलामा सलिन पुग्दा देखियो यस्तो क्रेज

नायक सलिनमान बनियाँ हेटौडामा आयोजित ‘औद्योगिक मेला’मा पुग्दा उनलाई हेर्न हजारौ दर्शक पुगेका छन् । फागूण १६ गतेदेखि चलिरहेको औद्योगिक मेलामा २० हजार भन्दा बढी दर्शक उपस्थित भएका थिए । सलिनसँगै चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य, निर्माताहरु सुशिल पोखरेल, केशव भट्टराई र चिजकुमार श्रेष्ठ मेलामा पुगेका थिए । करिब १० मिनेट स्टेजमा देखिएका सलिनले चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ गीतमा नृत्य गरे भने केही संवाद पनि सुनाए ।

सलिनले यो चलचित्रका लागि आफूले निकै मिहिनेत गरेको पनि सुनाए । उनले, हजारौ दर्शकको माझमा आउँदा आफूलाई निकै नै रमाइलो भएको समेत सुनाएका थिए । ‘नमस्ते हेटौडा’ भन्दै स्टेज चढेका सलिनलाई दर्शकले हुटिङ गर्दै स्वागत गरेका थिए ।

प्रस्तुतकर्ता केशव भट्टराइले हेटौडाले चलचित्र क्षेत्रलाई र कलाकारलाई कती माया गर्छ भन्ने मेलामा देखिएको भीडले पनि प्रष्ट भएको बताए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment