+
+

कैदीबाट ७५ हजार घुस लिने जेलरबिरुद्ध मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३० गते १७:५५

३० फागुन, काठमाडौं । कैदीबाट घुस लिएको अभियोगमा पक्राउ परेका मकवानपुर कारागारका जेलर (शाखा अधिकृत)मदन अधिकारीबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

लागूऔषध मुद्धामा कैद भुक्तान गरिरहेका कैदीलाई अन्यत्र सरुवा गरिदिने भनी धम्क्याएर ७५ हजार घुस लिएको दावी गर्दै अख्तियारले जेलर अधिकारीबिरुद्ध मुद्धा दायर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले ७५ हजार घुससहित पक्राउ गरेको थियो ।

अधिकारीलाई ७५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय मागदावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?