Comments Add Comment

महिला साफ फाइनल : भारतविरुद्ध पहिलो रोजाईमा को–को ?

८ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले केहीबेरमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा कुनै खेलाडी परिवर्तन भएको छैन ।

विराटनगरको शहीद रंगशालामा हुने फाइनल खेलमा नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध मैदानमा उतारेको खेलाडीलाई नै पहिलो रोजाईमा राखेको छ ।

नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको छ ।

आफ्नै घरेलु मैदानमा पहिलो पटक आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल उच्च मनोबलमा रहेको छ ।

यता, डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।

नेपाली टिम :

गोलकिपर : एञ्जिला सुब्बा

डिफेन्डर : पुनम जर्घामगर, हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु

मिड्फिल्ड : रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, दिपा राई

फरवार्ड : सावित्रा भण्डारी, निरु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment