Comments Add Comment

अपशब्द बोलेको भन्दै शिक्षकहरुले मागे मन्त्रीको राजीनामा

१० चैत, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा अनुगमन गर्दा केन्द्राध्यक्ष र निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले उनको राजीनामा माग गरेका छन् ।

आइतबार नेपाल शिक्षक संघले जनकपुरमा पत्रकार सम्मेलन गरेर मन्त्रीले अमर्यादित शब्द प्रयोग गर्नु ठीक नभएको भन्दै तत्काल राजीनामा दिन माग गरेको हो ।

मन्त्री साह परीक्षाको अनुगमनको क्रममा सरस्वती माध्यमिक विद्यालयमा पुग्दा अधिकांश निरीक्षकहरुले फोटोसहितको परिचय पत्र नराखेकोप्रति आक्रोशित भएका थिए । त्यही क्रममा मन्त्री साहले निरीक्षकलाई अपशब्द प्रयोग गरेको संघका धनुषा अध्यक्ष रामस्नेही यादवले बताए ।

मन्त्री साहले केन्द्राध्यक्ष सत्यनारायण मण्डललाई पनि हप्काएको उनीहरुले बताएका छन् । केन्द्राध्यक्ष मण्डलका अनुसार मन्त्री साहले उनलाई बेबकुफ भन्दै जागिर खाइदिने धम्की दिएका थिए ।

के भन्छन् मन्त्री साह ?

मन्त्री साहले आफू परीक्षा केन्द्रा पुग्दा परीक्षा निकै अमर्यादित रुपमा संचालन भइरहेको आरोप लगाएका छन् । उनले परीक्षालाई मर्यादित बनाउने प्रयास गर्दा शिक्षा माफियाहरुले गलत आरोप लगाएको उनको दावी छ ।

प्रदेश २ मा एसईई परीक्षामा चोरी र धाँधलीका लागि बदनाम भइसकेकाले प्रदेश सरकार यसको नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment