
२५ चैत, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको आगमनसँगै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका छन् ।
बिराटनगरमा सोमबार आयोजित कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो विवाहको सन्दर्भ समेत उठिरहेको भन्दै छिट्टै विवाहको निम्तो पठाउने बताए ।
‘मेरो विवाहको सन्दर्भ धेरै कार्यक्रममा उठ्ने गरेको छ । प्रदेशको राजधानी र स्थायी राजधानीको बिषय टुंग्याएपछि सकेसम्म चाँडै म तपाईंहरुलाई विवाहको निम्तो बाँड्ने छु,’ उनले भने, ‘सकेसम्म यहाँहरु सबैको सहभागिता रहनेमा विश्वास गरेको छु ।’
मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको प्रस्तावले वैशाखको पहिलो सातासम्म प्रदेशसभामा प्रवेश पाउने बताए ।
कार्यक्रममा मोरङका संचारकर्मी सुमन सुस्केरालाई यो वर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार मुख्यमन्त्री राईले प्रदान गरेका थिए ।
प्रतिक्रिया 4