Comments Add Comment

बैंकको एटीएम फोडेर रकम चोर्न खोज्दा पक्राउ

२७ चैत, काठमाडौं । मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।

बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment