Comments Add Comment

हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्चले खोलिदियो बाटो

छोरीले दिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज

२७ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्नसर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।

उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएको छ ।

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर बुधबार सर्वोच्चले रिट खारेज गरेपछि सरकारले वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।

विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वलीलाई प्रहरीले पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment