+
+
Shares

चिनी व्यापारीका जालमा यसरी फसेछन् प्रधानमन्त्री !

‘यो व्यापार होइन, ठगी क्रियाकलाप बन्द गरौं’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते २०:४४

२५ चैत, काठमाडौं । नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भन्दै सरकारले ३१ भदौमा यो वर्ष चिनी आयातमा रोक लगाउने निर्णय गर्‍यो । त्यसबेला सरकारको दाबी थियो, एक लाख मेट्रिक टन आयात गर्दा आन्तरिक माग धान्न सकिन्छ ।’

नेपालमा बार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । नेपाली चिनी उद्योगबाट १ लाख २० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसैले एक लाख टन चिनी आयात भइसकेकाले यो वर्षका लागि थप आयात नगर्ने सरकारी दाबी थियो ।

सरकारको निर्णयपछि चिनी अभाव त भएन तर, मूल्य आकासियो । ६५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीका लागि चाडपर्वको बेलामा उपभोक्ताले ९०/१०० रुपैयाँसम्म तिरे ।

सरकारी निर्णयको ६ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी ब्यापारीहरुले आफुलाई गलत तथ्य सुनाएर गलत निर्णय गर्न लगाएको बताएका छन् । ‘अर्को साल पनि हामी चिनी किन्न नसक्ने भयौं । यति धेरै चिनी पाकिस्तानबाट आयो कि अर्को वर्षका लागि स्टक रहने भयो । चिनी आयात रोकिदिनुप¥यो भनियो’, उनले भने, ‘होला भनेर रोकिदिएको भोलिपल्टदेखि बजारमा चिनी छैन ।’

नेपाल उद्योग परिसंघको १६ औं बार्षिक साधारणसभामा सोमबार प्रधानमन्त्रीले सुनाए, ‘सस्तो भएर धेरै आयात भयो, अर्को वर्ष पनि बेचिसक्दैनौं भनियो । दशैंको बेला थियो, होला भनेर रोकिदिएपछि ८५ रुपैयाँँ पुग्यो । ६३ मा बिकेन, ५३÷५४ मा बेच्न बाध्य भयौं भनेर …. ८५ रुपैयाँ । त्यहि पनि पाइएन, १०५ सम्म पुग्यो ।’

उनले अघि भने, ‘यो व्यापार होइन । म सबै साथीहरुलाई भन्न चाहन्छु, ठगी क्रियाकलाप बन्द गरौं ।’

उनले नक्कली काम नगर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘नक्कली भ्याटबिल मात्रै बेच्ने पनि ब्यावसाय, ब्यापार । यस्ता कुराहरु भए भने त न ब्यापार फस्टाउँछ, न समृद्वि ।’

माथिल्लो तहबाटै नेतृत्व लिऔं

प्रधानमन्त्री ओलीले अब माथिल्लो तहबाट समग्र क्षेत्रको सहि नेतृत्व गर्ने बेला आएको बताए । ‘अब माथिका मान्छेहरुले लिड गर्ने बेला आएको छ । जनताले गर्नुपर्ने सबै गरिसके’, उनले भने, ‘लोकतन्त्र चाहियो आन्दोलन गरे । राजनीतिक स्थायित्व चाहियो, बहुमत दिए । अरु के चाहियो ? अहिले पनि गर्न नसके कहिले गर्ने ?’

अहिले सबै क्षेत्रलाई ब्यवस्थित गर्ने, आर्थिक विकास र समृद्विका लागि अनुकुल वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक, कर्मचारी, बिजनेश कमिटि सबैको लिड माथिबाटै गर्ने बेला आएको छ । अहिले अनुकुल वातावरण छ ।’

उनले ब्यापार व्यावसाय गर्दा कुनै पनि बाधा ब्यावधान आए आफूलाई खबर गर्न आग्रह गरे । सबैसमस्या समाधान गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कुन धारा, कानुनको कुन दफा, नियमावलीको कुन नियममा के गर्नुपर्‍यो ? त्यो प्रष्ट आउनुपर्‍यो । सरकार अवरोध हटाउन दह्रोसँग उभिएको छ ।’

पुँजी र प्रविधिका लागि लगानी सम्मेलन

प्रधानमन्त्री ओलीले नेपालले विश्वमा विकसीत भएका प्रविधिबाटै तिव्र रुपमा आर्थिक विकास गर्न सक्ने बताए । त्यसका लागि पुँजी र प्रविधिको आवश्यक भएकाले सोही अनुरुप कानुनहरु निर्माण गरी लगानी सम्मेलन गरिएको उनको भनाइ थियो ।

‘आफ्नै प्रयासले पुँजी र प्रविधि नपुग्न सक्छ । त्यसका लागि विदेशी पुँजी र प्रविधि आवश्यक हुन्छ । त्यसकै लागि लगानी सम्मेलन भयो’ प्रधानमन्त्री ओली भन्छन्, ‘लगानी गरेपछि नाफा लैजान सक्नुहुन्छ, त्यस अनुरुपमा कानुनहरु बनेका छन् ।’

विदेशी लगानीकर्तालाई बोलाइरहेको बेला स्वदेशी लगानीकर्ता थप उत्साही भएर लाग्न सक्नुपर्ने उनको भनाइ थियो । ‘विदेशी लगानीका लागि भनेर देउराली पिच्छे पाती राखिराख्या छौं भने यहाँको लगानी प्रोत्साहन नगर्ने भन्ने हुँदैन’ प्रधानमन्त्री ओलीले भनेका छन्, हामी हाम्रा उद्वमीहरुलाई ढुक्क हुनुस् भन्न चाहन्छौं ।’

निकट भविश्यमै १० प्रतिशत आर्थिक बृद्वि !

प्रधानमन्त्री ओलीले निकट भविश्यमै नेपालको आर्थिक बृद्वि १० प्रतिशत पुग्ने दाबी पनि गरे । ‘दोहोरो अंक भनेको एक र शुन्य (१० प्रतिशत) मात्रै होइन । त्यो भन्दा पनि माथि माथि हुन्छ’ उनले भने, ‘एक र शुन्य निकट भविष्यको कुरा हो ।’

आर्थिक बृद्धिका लागि उद्योगसँगै कृषिलाई पनि प्राथमिकता दिइने उनले बताए । उद्योगमा २५ प्रतिशत नाफा हुँदा कृषिमा ५० प्रतिशत नाफा हुने उनको दाबी थियो ।

नेपालले पानी बेचेरै पनि पैसा कमाउन सक्ने उनले बताए । सर्वोच्च शिखरको पानी संसारलाई खुवाऔं । सर्वोच्च शिखरको भनेपछि छुट्टै महत्व हुन्छ’ उनले भने, ‘सानोमा पानी बेचेर पैसा कमाउन सकिन्छ भन्थेँ । बुढो भइसकेँ भन्या भन्यै छु, पानी बग्या बग्यै छ ।’

‘क्यानडा, रसियामा आप सप्लाई गरौं । गर्मी ठाउँमा स्वाउ र जाडो ठाउँमा बटरफ्लाई सप्लाई गरौं’ उनले अघि भने ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका संगठनहरुलाई एक हुन सुझाव दिए । उद्योग, पर्यटन जस्ता क्षेत्रमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै उनले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सकिने बताए ।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले समृद्व नेपाल र सुखी नेपालीको नारा सार्थक तुल्याउन निजी क्षेत्र सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए । परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले आर्थिक समृद्विका लागि नीति नभएर नैतिकता र स्रो  नभएर श्रोतको परिचालन सही हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?