२९ पुस, काठमाडौं । उद्योगीले चिनीको मूल्य बढाउन सरकारसमक्ष प्रस्ताव गरेका छन् । सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेपछि लागत बढ्न गएको भन्दै नेपाल चिनी उद्योग संघले मूल्य बढाउन प्रस्ताव गरेको हो ।
चिनी उद्योगीले यसअघि प्रतिकिलो ६३ रुपैयाँ रहेको थोक मूल्य अब ७८ रुपैयाँ पुर्याउनुपर्ने बताएका छन् । सरकारले उखुको खुद्रा मुल्य ४७१ रुपैयाँ प्रति क्विन्टल तोकेको थियो । चिनी उद्योगीको राय समेत नलिइ सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको उनीहरुको आरोप छ ।
सरकारले उखुको खुद्रा मुल्य ४७१ रुपैयाँ २८ पैसा प्रति क्विन्टल तोकेको थियो । चिनी उद्योगीको राय समेत नलिइ सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको नेपाल चिनी उद्योग संघको आरोप छ । २० भदौमा प्रधानमन्त्रीले चिनी तथा उखुको वैज्ञानिक तरिकाले मूल्य निर्धारण गर्न आदेश दिएका थिए ।
त्यसपछि राष्ट्रिय योजना आयोगको संयोजनमा सबैपक्षलाई समेट्ने गरी सरकार, कृषक, उद्योगी र उपभोक्तालाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पारिएको थियो ।
तर, उक्त प्रतिवेदनको कुनै पनि बुँदालाई ख्याल नगरि सरकारले उखुको नयाँ मूल्य तोकेको उद्योगीले भनेका छन् ।
यसअघिको मूल्यमा चिनी बिक्री गर्दा सरकारले निर्धारण गरेअनुसार किसानलाई उखुकाे भुक्तानी दिन पनि नसक्ने उनीहरुको भनाइ छ ।
सरकारले एकद्वार प्रणालीबाट चिनी खरिद गरेर त्यसको ६० प्रतिशत भुक्तानी सोझै कृषकको खातामा पठाइदिने र बाँकी ४० प्रतिशत रकम उद्योगलाई दिने खालको वातावरण बनाउन उनीहरुको सुझाव छ ।
प्रतिक्रिया 4