Comments Add Comment

चितवनबाट सुरु भएको थियो विनाशकारी हुरी, टोर्नाडो नै भएको पुष्टि

२७ चैत, काठमाडौं । बारा र पर्सामा २८ जनाको मृत्यु हुने गरी आएको विनाशकारी आँधी चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको पत्ता लागेको छ । जल तथा मौसम विज्ञान विभाग, द स्मल अर्थ नेपाल र इसिमोडका वैज्ञानिकको टोलीले उक्त हावाहुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको निश्कर्ष निकालेको हो ।

विभागले उक्त हावाहुरी टोर्नाडो नै रहेको पनि बताएको छ । ‘स्थलगत सूचनाहरु र अध्ययनको आधारमा विभाग उक्त विनाशकारी हावाहुरी टोर्नाडो नै रहेको निश्कर्षमा पुगेको छ । साथै उक्त टोर्नाडो चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको देखिन्छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैज्ञानिकको टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो ।

स्थलगत अध्ययनको क्रममा टोलीले प्रभावित क्षेत्रको ड्रोन तथा अन्य उच्च प्रविधियुक्त क्यामेराबाट भिडियो तथा तस्वीर खिच्नु र स्थानीयसँग अन्तर्वार्तासमेत गरेको थियो ।

चैत १७ गते आएको हावाहुरीको प्रारम्भिक अध्ययन गरी विभागले यो टोर्नाडो भएको बताएको थियो । स्थलगत र विस्तृत अध्ययनबाट पनि हावाहरी टोर्नाडो नै भएको पुष्टि भएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment