Comments Add Comment

कम्प्युटर अपरेटरलाई हुम्ला मालपोतको जिम्मा

जग्गा नामसारीलगायतका काम ३ महिनादेखि प्रभावित

४ वैशाख, हुम्ला । जिल्लाको एक मात्र मालपोत कार्यालय ३ महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

सरुवा भएको महिनौं दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्हालेका छन् । उनी मालपोत कार्यालयका कम्प्युटर अपरेटर हुन् ।

आफूलाई निमित्तको जिम्मा दिए पनि अधिकार नदिएका कारण जग्गा रजिस्ट्रेशन तथा नामसारी गर्न समस्या भएको उनले गुनासो गरे ।

तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको नेपालीले बताए ।

हुम्ला प्रदेश राजधानीसँग जोडिएन

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिक प्रदेश राजधानी पुग्न प्रदेश नं ५ भएर जाने गरेका छन् । यातायातको एक मात्र विकल्प हवाई उडान रहेको छ । कर्णाली प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोट बीच प्रत्यक्ष सम्पर्क जोडिएको छैन ।

हुम्लाका बासिन्दाले आफ्नो प्रदेशको केन्द्र पुग्न नियमित प्रदेश नं ५ को नेपालगञ्ज भएर आवतजावत गर्ने गरेका छन् । हुम्लामा उडान भर्ने निजी हवाई कम्पनीले सुर्खेत—सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेशको केन्द्रसँग हुम्लाको सदरमुकाम प्रत्यक्ष सम्पर्क नजोडिएको हो ।

निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट मात्र यात्रु उडान गर्दै आएका छन् । केही समय पहिले सीता एयरले कर्णालीका हुम्ला, मुगु, डोल्पा, र जुम्लामा सुर्खेतदेखि नियमित यात्रु उडान गर्ने तालीका निकालेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको शुरुआत भएकोे घोषणा गरेका थिए । प्रदेशको केन्द्र सुर्खेतसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि बेवास्ता गरेको छ ।

सङ्घ र प्रदेश दुवै सरकारले ध्यान नदिँदा प्रदेश नं ५ को नेपालगञ्ज हुँदै कर्णाली प्रदेश जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ । सुर्खेतबाट हुम्ला, मुगु डोल्पा, र जुम्ला उडान नभएपछि यात्रु नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment