Comments Add Comment

सशस्त्र प्रहरीको गोताखोर टोलीले कर्णाली नदीबाट निकाल्यो शव

३ वैशाख, बर्दिया । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेत्ता दुई जनाको शव निकालेको छ ।

बर्दियाको मधुवन–३, कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका कैलालीका १९ वर्षीय प्रज्ज्वल कोइराला र बाँकेका १८ वर्षीय दिपेन्द्र कार्कीको शव निकालिएको हो ।

बलका सहयाक प्रवक्ता डीएसपी अजय छतकुलीका अनुसार उनीहरु पौडी खेल्ने क्रममा आइतबारदेखि बेपत्ता थिए । घटनालगत्तै, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले खोजी कार्य सुरु गरेको उनले बताए ।

टोलीले उक्त शब डुबेको स्थानभन्दा करीब तीन सय मिटर तल तैरिरहेको अवस्थामा भेटिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment