+
+
Shares

रसुवा बाढी : दाजुको परिवार भेटिने आश मारेपछि भीमप्रकाशले थाले काजकिरिया

‘आशा थियो, कतै कोही त जीवित भेटिन्छन् कि भनेर । अब दिन घर्किँदै गएपछि त्यो आशा सकियो,’ भीमप्रकाशले भने ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ असोज ३ गते २१:५५
दाजुको परिवारको खोजीमा निस्किएका बेला भीमप्रकाशसहितका आफन्त

३ असोज, रोल्पा । रसुवा बाढीमा बेपत्ता भएको दाजुको परिवार फेला पार्ने आश मारेपछि रोल्पाका भीमप्रकाश बुढामगरले काजकिरिया थालेका छन् ।

भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रोल्पाको परिवर्तन गाउँपालिका–६ थानेकोटका कुलप्रसाद बुढामगरको परिवार सम्पर्कविहीन पारेको थियो ।

कुलप्रसादसँगै उनकी पत्नी मीना घर्तीमगर, छोरा डिप बुढामगर र छोरी खुशी बुढामगर सम्पर्कविहिन भएका थिए ।

कुलप्रसादको परिवार ९ वर्षदेखि रसुवाको टिमुरे बजारमा मासु पसल सञ्चालन गरेका थिए ।

बाढीपछि दाजुको परिवार सम्पर्कविहीन हुँदा भीमप्रसाद खोजी गर्दै नवलपरासी, चितवन, नुवाकोट र काठमाडौंसम्म पुगेका थिए ।

अस्पतालदेखि शवगृह, नदी किनार, बगरदेखि सकेको जंगलसम्म चहार्दापनि कतै मेसो नपाएपछि भदौ २० गते उनी घर फर्किएका थिए ।

‘आशा थियो, कतै कोही त जीवित भेटिन्छन् कि भनेर । अब दिन घर्किँदै गएपछि त्यो आशा सकियो,’ भीमप्रकाशले भने, ‘अब त याद मात्र बाँकी रह्यो ।’

दाजुको परिवार भेटिने आशा मारेपछि शनिबार उनले चारै जनाको शव बनाएर दाहसंस्कार गरेका छन् ।

‘आज दाजु–भाउजु र भतिज–भतिजीको भौतिक शव फेला नपारे पनि संस्कारअनुसार कृत्रिम शव बनाएर दाहसंस्कार गरिसक्यौं,’ भीमप्रकाशले भने । दाहसंस्कारपछि आफूहरू काजकिरियामा रहेको उनले सुनाए ।

रसुवा बाढीमा रोल्पाका सुरुमा सम्पर्कविहीन रहेका ३२ जनामध्ये ८ जना सम्पर्कमा आइसकेका छन् । २४ जनाको अवस्था अझै अज्ञात रहेका छ ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?