Comments Add Comment

विदेशी मुद्रा भित्रिने भन्दा बाहिरिने धेरै, चालु खाता घाटा २ खर्ब नजिक

३ वैशाख, काठमाडौं । देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर (चालु खाता घाटा) २ खर्ब नजिक पुगेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु खाता घाटा विस्तार भई १ खर्ब ९१ अर्ब १३ करोड पुगेको जानकारी दिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ५१ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड पुगेको छ ।

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९४ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment