
चलचित्र ‘पसिना’को ट्रेलरमा नायिका अनु शाहको डबिङ छैन । कतिपय दर्शकहरु यो चलचित्रमा अनुकै आवाज हो कि होइन भनेर झुक्किएका पनि छन् । तर, नायिका शाहले चलचित्रमा डबिङ नगरेको प्रष्ट वुझिन्छ ।
तर, उनै नायिका अनु शाह चलचित्र ‘पसिना’को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भइन् । अनु चलचित्रको छायांकन सकिएपछि निर्माण टिमको सम्पर्कमा पनि थिइनन् । उनको आवाज नहुनुले पनि यो कुरा प्रष्ट वुझ्न सकिन्छ ।
नायक सविन श्रेष्ठसँग उनले बिहे गर्ने भन्ने चर्चा पनि चलेको छ । अनु सम्पर्कमा नआएपछि निर्माण टिमले अर्कैको आवाजमा डबिङ गराएको हो ।
तर, अनु खुशी छिन् । उनले आफू अब चलचित्रको प्रमोशनमा हिड्ने जानकारी समेत निर्माण टिमलाई दिएकी छिन् । हिट चलचित्र कुर्दा कुर्दै उनको चलचित्र यात्रा नै ओझेलमा परिसकेको छ । यसैले पनि अनु ‘पसिना’ले केही राहत देला कि भन्ने सोचमा त होलिन् । तर, डबिङको समयमा सम्पर्कमा नआएकी अनु अहिले प्रचारमा कुद्न थालेकी छिन् ।
प्रतिक्रिया 4