+
+
Shares

मकालु आधार शिविरमा ‘यती’ को पाइला भेटियो !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते ११:४०

१७ वैशाख, काठमाडौं । नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यती’ को (फुटस्टेप) पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको छ ।

आफ्नो पर्वतारोहण टिमले यतीको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।

भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यती’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ ।

भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यती देखिएको थियो ।

यतीको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतीलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतीको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतीको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?