Comments Add Comment

ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशनलाई व्हील चेयर वितरण

१९ वैशाख, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउण्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ ।

बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् ।

करुणा फाउण्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment