+
+
Shares

विष्णु पौडेलको बचाऊ गर्दै प्रधानमन्त्रीले भने- राजाको शासनका बेला बालुवाटारको कुनामा जमीन किन्नुभएको रहेछ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १४:४९

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले बालुवाटारको कुनामा  जमीन किन्नु भएको रहेछ ।’

पौडेलका बारेमा हल्ला गरेर पार्टीका विरूद्ध  प्रहार गर्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ ।  महासचिव पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीको भनाइ उनकै  शब्दमा- 

बालुवाटारको ललिता निवास भनिएको ठाउँको जग्गा हामी त्यहाँ के रहेछ स्थिति भनेर हामीले छानविन समिति बनाएर छानविन गरेर तथ्यहरु बाहिर ल्याएर हामीले गर्‍या हो । हामी छानविन गर्दैछौं ।

त्यो जमीन फिर्ता लिने प्रोसेसमा सरकार छ । सरकारकैविरुद्ध उल्टै बोल्न अप्ठ्यारो नमानिकन बोलिराख्या छन् । हामी केही बोल्दैनौं । तर, म केमात्रै भन्न चाहन्छु भने सरकारी सम्पत्ति जहाँसुकै, जोसुकैले, जहिले हडप गरेको होस्, त्यो जमीन दृढतापूर्वक, कडाइका साथ फिर्ता ल्याइने छ । र, त्यो फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ, हेरिने छैन ।

एउटा हल्ला चलाइएको छ, हाम्रो पार्टीका विरुद्ध प्रहार गर्नका लागि, हाम्रो पार्टीका महासचिवका बारेमा  । उहाँले ०६१ सालमा राजाको शासन भएका बेला, हाम्रो सरकार भएका बेला हैन । हाम्रो सरकार भएका बेला, त्यो सरकारमा रहेको अवस्थाको सुविधा लिएर होइन । राजाको शासनका बेलामा बालुवाटारको दक्षिण कुनामा ८ आना जमीन किन्नुभएको रहेछ कसैसँग ।

त्यसमा त्यो जमीन सरकारबाट जालझेल गरेर मान्छेले आफ्नो बनाएकोभित्र पर्छ कि पर्दैन, पर्छ भने पनि त्यो धेरैजनाले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन ।

तर, त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु  आवश्यक छैन । किनभने, समय क्रममा हामी सबै तथ्यहरुसहित प्रस्तुत हुनेछौं । हामीले हतारो गर्नुपर्ने केही पनि छैन ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?