+
+
Shares

मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्था शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते ८:४४

१९ वैशाख, काठमाडौं । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका- ७ मैजुबहाल चोकबाट पश्चिमपटि्ट पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

गौशाला प्रहरीका मुद्दा फाँटका सई राजेश स्वर्णकारका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङदेवा शेर्पा मृत फेला परेका हुन् । शव जमिनबाट करिब ८ इन्च माथि छ ।

बिहीबार बिहान करिब सात बजेतिर रुखमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको थियो ।

सई स्वर्णकारले अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा गरेर शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । उनले हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?