+
+
Shares

सकियो ८ दिन लामो इन्द्रजात्रा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असोज १३ गते २२:०२

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ८ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ ।

मङ्गलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको हो ।

जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुन: वसन्तपुर पुर्‍याइएको थियो ।

रथ वसन्तपुर फर्किएपछि इन्द्रजात्राको मुख्य विधिमध्ये एक इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने विधि गरिन्छ । मंगलबार राति लिङ्गो ढालेर तान्दै बागमती नदीमा लगेर बिसर्जन गरेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ ।

राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ ।

तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?