Comments Add Comment

नेपाल प्रहरीलाई आईसीटी अवार्ड

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक निकायतर्फ राष्ट्रिय आईसीटी अवार्ड पाएको छ । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमा गरेको भन्दै प्रहरीलाई पुरस्कृत गरिएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अवार्ड हस्तान्तरण गरे ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा सन् २०१८र ०१९ मा सूचना प्रविधिको उच्चतम प्रयोग गरी विद्युतीय सुशासन कायम गरेकाले अवार्ड दिइएको हो ।

नेपाल प्रहरीले यसअघि जापानमा डिजिटल गभर्नेन्स अवार्ड पनि पाइसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment