Comments Add Comment

एसएसपी विश्वराज पोखरेलसहित ३ जना डीआईजीमा बढुवा सिफारिस

१९ वैशाख, काठमाडौं । गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलसहित तीन जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल २८ माघमा काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा सरुवा भएका थिए ।

त्यसैगरी गृहमन्त्रालयको बिहीबारकै निर्णय अनुसार नेपाल प्रहरीको प्राविधिक समूह र स्वास्थ्य उपसमूहका तर्फबाट पनि दुईजना एसएसपीको नाम डीआईजीमा बढुवा सिफारिस भएको छ ।  बढुवामा सिफारिस भएकाहरुमा एसएसपीद्वय डा. रामकृष्ण राजभण्डारी र डा.विजयराम श्रेष्ठ छन् । उनीहरु दुबैको दरबन्दी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा रहेको छ ।

परिसर रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन पोखरेलले उत्कृष्ट कार्य गरेका थिए । काठमाडौं प्रहरीबाट सरूवा भएर उनी लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत् छन् ।

त्यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा उनले काम गरेका थिए ।

एसपी हुँदा जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए । डीएसपी हुँदा संखुवासभामा पहिलो संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए ।

बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए ।  बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।

हेर्नुस् सिफारिस सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment