Comments Add Comment

यति नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स

१९ वैशाख, काठमाडौं । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रनिङ द ब्लुभन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँसउत्सर्जनलाई घटाउन र अफसेट गर्न सफल हुने यति एअरलाइन्स नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ ।

एअरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा संचालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुलकार्वन उत्सर्जनको गणना गरी त्यसलाईघटाउन र आफसेट गर्न योजना बनायो ।

स्वतनत्र कार्वन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ माआˆनो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो । यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरुद्वारा दश वर्षभन्दा बढी सम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । कुल हरित गृह ग्यास उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्स्को उडान संञ्चालन बापत उत्सर्जन गर्दछ ।

सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रतियात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो ।

यति एअरलाइन्सले जेटस्ट्रीम-४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा कम गर्दै एटीआर जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम हरित गृह ग्यास उत्सर्जन उत्पादन गर्न सफल भएको छ ।

जेटस्ट्रीम-४१ जहाजलाइर् क्रमशः हटाउँदै लैजाने निती लिईएको छ । हरिकत तृक ग्यास उत्सर्जनलाई कम गर्नका लागि कम्पनिले अपनाएका महत्वपूर्ण रणनितिहरुमा दक्ष उडान संञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरु सुधार्नका लागि विमानस्थल संरचनाहरुको पूर्वधारहरुको सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिने जस्ता महत्वपूर्ण कुराहरु पर्छन् ।

यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रुपमा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment