Comments Add Comment

सुजुकी मोटर्सकोइस्टेट अफ द आर्टसर्भिस सेन्टर अब पोखरामा

१९ वैशाख, काठमाडौं । सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि मोटोकर्पको पोखराका लागि बतास ब्रदर्सकोइस्टेट अफ द आर्ट सर्भिस सेन्टर सञ्चालनमा आएको छ।

पोखरास्थित सर्भिस सेन्टरको उद्घाटन सिजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामूहिक रुपमा गरेका हुन्।

१० हजार स्क्वायर फिटमा फैलिएको यस सर्भिस सेन्टरमा ६ ओर्कीङ्ग बेरहने छ भने मासिक हजार वटा गाडी सर्भिसिङ्ग गर्न सक्ने क्षमता सर्भिस सेन्टरको रहेको छ।

सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित सर्भिस सेन्टर बडि मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिनुका साथै सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गर्ने गरिन्छ।

सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग वसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको अवलोकन गर्न सक्ने बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले जानकारी दिए।

उनले भने ‘बिक्री पछिको सेवा वास्तवमै महत्वपूर्ण हुन्छ किनभने यसले ग्राहकको भावना एवं मूल्यसँग प्रत्यक्ष सरोकार राख्दछ। सर्भिस सेन्टरबाटै हो कुनै पनि ब्राण्डको छवि बन्नु वा विग्रनु। हामीले आफ्ना ग्राहकहरुको मूल्य एवं मान्यतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुजुकीको जुन मापदण्ड छ सोही अनुरुप सेवा प्रदान गर्दछौं’

गोर्खा, वालिङ्ग, वुर्तिवाङ्ग, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान गरिंदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment