+
+
Shares

प्युठानमा विकासको मोडल देखाउने छु : मन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २२:०३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • मन्त्री सरोज थापाले प्युठानको समग्र विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।
  • आगामी आर्थिक वर्षमा बाग्दुला–मच्छी सडक र दम्ती–बहाने सडक कालोपत्रेको काम सुरु हुने जानकारी दिए ।
  • प्युठान जिल्लाको विकासका लागि नयाँ मोडल प्रस्तुत गर्ने वचन मन्त्री थापाले दिएका छन्।

२८ वैशाख, प्युठान । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्युठानको समग्र विकासका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने तयारी भइरहेको भन्दै उनले भने, ‘अब बजेट ल्याउने तयारी भइरहेको छ, प्रदेशबाट र केन्द्रबाट समेत जिल्लाका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गर्छु ।’

प्युठानको समग्र विकासका सन्दर्भमा आइतबार प्युठान जिल्लाका ६४ वटै वडा र ९ वटै पालिकाका सभापतिहरुसँग अन्तरक्रिया तथा छलफल गर्दै मन्त्री थापाले सो भनाइ राखेका हुन् ।

छलफलमा सहभागीहरुले संघीयतापछि प्युठान जिल्लाको विकास केही हदसम्म भएपनि जनताले सोचे अनुसार अझै हुन नसकेको भन्दै आगामी आर्थिक वर्षदेखि जिल्लाको विकासका लागि पहल गर्न मन्त्री थापालाई आग्रह गरेका थिए । सो आग्रहपछि मन्त्री थापाले प्युठान जिल्लाको ‘कायापलट हुने गरी’ यसपाली बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बाग्दुला–मच्छी सडक र दम्ती–बहाने सडकको कालोपत्रेको काम थालनी गर्ने मन्त्री थापाले बताए । त्यसका लागि काम अगाडि बढिसकेको जानकारीसमेत उनले गराए । ‘जिल्लाका यी दुई सडक कालोपत्रेको काम पनि तत्काल सुरु हुन्छ’ उनले भने ।

विगतमा प्युठान जिल्लाबाट धेरै नेता, सांसद र मन्त्री बन्दा समेत बाग्दुला–मच्छी सडक बिस्तार एवम् कालोपत्रे गर्न ध्यान नदिएको भन्दै थापाले आफूले पहिलोपटक गत पुसमा सो सडकखण्डमा पैदलमार्च गरी जनताका गुनासा सुनेको र अब गुनासा सम्बोधनका लागि पहल थालेको बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री थापाले भने, ‘आगामी वर्षबाट नै विकासको मोडल कस्तो हुन्छ, म देखाउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?