News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले श्रीलंका माथि ५-० को जित हासिल गरी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्यो।
- नेपाल र भारतले समूह चरणबाटै स्थान सुनिश्चित गरेपछि, अब समूह विजेताको टुङ्गो खेलको परिणामले हुनेछ।
- नेपालले पहिलो हाफमा एक गोल गरी दोस्रो हाफमा थप चार गोल गर्दै शानदार जित हासिल गर्यो।
२८ बैशाख, काठमाडौं । श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।
समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि समूहको पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको श्रीलंका लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

नेपालसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाएको छ । अब मंगलबार हुने नेपाल र भातबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो ।
सुजन डंगोलले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
धरबेन्द्र कुँवरले ६१औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । सुवास बम ठकुरीले ७७औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । विज्ञान खड्काले ८९औं मिनेटमा गोल गरेपछि नेपालले ४-० को अग्रता बनायो । लक्षु थापाले इन्जुरी टाइममा फ्रिकिक मार्फत सानदार गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।
प्रतिक्रिया 4