+
+
Shares

राष्ट्रपतिको स्वागतका लागि सिँगारियो संसद् भवन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते ११:१०

२० वैशाख, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई झकिझकाउ बनाएर सजाइएको छ ।

सरकारको आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत हुने भएपछि संसद् भवन तथा परिसर सिँगारिएको हो ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्र प्रमुख आउने भएपछि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न ध्वजापताका राखेर सजाइएको छ । शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?