Comments Add Comment

यस्तो छ नेपालमा सुटिङ गरिएको ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर

बेला–बेलामा बलिउड र हलिउडका चलचित्र नेपालमा छायांकन गरिन्छ । केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।

यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । नेपालका विभिन्न स्थान चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतलाई देख्न सकिन्छ । साथमा, नेपाली कलाकार कमलमणी नेपाललाई पनि चलचित्रको ट्रेलरमा हेर्न सकिन्छ ।

राजकुमार गुप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मे २४ मा रिलिज हुँदैछ । फक्स स्टार स्टूडियोले यो चलचित्रलाई निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment