Comments Add Comment

बालुवाटारमा १ करोडको सीसी क्यामेरा, मुस्लिम आयोगका सदस्यलाई ५० लाखको गाडी

२० वैशाख, काठमाडौं । खर्चमा मितव्ययिता अपनाउने बताउँदै आएको ओली सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सीसी क्यामेरा जडान गर्न १ करोड रुपौयाँ निकासा गरेको छ ।

‘प्रचलित कानूनी प्रक्रिया पूरा गरी खर्च गर्ने गरी’ भन्दै अर्थ मन्त्रालयले ‘भौतिक सुविधा’ शीर्षकमा १ करोड रुपैयाँ निकासा गरेको हो । यो रकम विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा निकासा गरिएको छ ।

त्यसैगरी सरकारले मुस्लिम आयोगका सदस्यहरुलाई ५० लाखको गाडी किन्ने निर्णय गरेको छ । ६ थान गाडीका लागि सरकारले कुल ३ करोड रुपैयाँ रकमान्तर गरी मुस्लिम आयोगका नाममा निकासा गरेको हो ।

त्यसैगरी सरकारले नेपाली सेनालाई एकथाम मिडियम हेलीकोप्टर खरिदका लागि २१ करोड ४७ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सेनाले ०७३ साल असार १६ गतेको मन्त्रिपरिषदबाट सो हेलिकोप्टर किन्ने अनुमति पाएको थियो ।

त्यसैगरी अघिल्लो महिना सरकारले कञ्चनपुर घटनाका घाइतेलाई उपचारखर्च वापत २० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ भने ‘संलग्न लिष्टमा भएका व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउने प्रयोजनका लागि’ भन्दै ४१ लाख रुपैयाँ गृहमार्फत निकासा गरेको छ ।

सरकारले हज गर्न जाने तीर्थयात्रीहरुका लागि १ करोड २० लाख रुपैयाँ निकासा गरेको छ । हजयात्रीहरुको भिसाका लागि अहिले जिल्ला प्रशासन कार्यालयहरुले फिंगर प्रिन्ट संकलन गरिरहेको गृहमन्त्रालयले नाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment