+
+
Shares

शैक्षिक शुल्क वृद्धि : महानगरले फिर्ता लियो, विद्यालयले टेरेनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते ११:२८

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुल्क वृद्धि फिर्ता लिने निर्णय गरे पनि महानगरभित्रका विद्यालयहरूले वास्ता गरेका छैनन् । गत फागुनमा गरेको ६० प्रतिशतसम्म गरिएको शुल्क वृद्धि १२ वैैशाखमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।

शुल्क वृद्धिको चर्को विरोधपछि महानगरपालिकाले शिक्षा ऐन र विद्यालय शिक्षा व्यवस्थापन नियमावली–२०७४ अनुसार शुल्क निर्धारणको अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै यसअघि समितिले गरेकोे निर्णय खारेज गरेको थियो ।

तर महानगरको शिक्षा समितिले यसअघिको आफ्नो निर्णय सच्याउँदासम्म सबै विद्यालयले वृद्धि भएको शुल्क लागू गरिसकेका थिए । अहिले भने विद्यालयहरूले महानगरपालिकाबाट शुल्क वृद्धि फिर्ता लिएको पत्र नआएको भन्दै अभिभावक र विद्यार्थीसँग वृद्धि भएकै शुल्क लिइरहेका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसी भने शुल्क वृद्धि फिर्ताको निर्णय तत्काल कार्यान्वयन गर्नु गराउनु भनेर गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरिसकेको बताउँछिन् । उनका अनुसार यसअघि विद्यालयहरूलाई शुल्क वृद्धि गर्नु भनेर महानगरले पत्राचार गरेको पनि थिएन ।

‘शुल्क बढाउन हाम्रो पत्र नचाहिने, वृद्धि फिर्ता लिन पत्र पर्खेर बसेको भन्न पाइँदैन’, शिक्षा विभाग प्रमुख केसीले अनलाइनखबरसँग भनिन्, ‘गोरखापत्रमा प्रकाशित सूचनाको आधारमा विद्यालयले शुल्क वृद्धि फिर्ता लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?