+
+
Shares

काठमाडौं महानगरले चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्ने

आगामी आवका लागि मूलत: वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड विनियोजन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्ने घोषणा गरेको छ ।
  • महानगरले ‘प्लास्टिक झोलामुक्त काठमाडौंका लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ भन्ने घोषणा गरेको छ ।
  • आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड र वातावरण व्यवस्थापनमा १ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तोे घोषणा गरिएको छ ।

‘प्लास्टिक झोलामुक्त काठमाडौंका लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा छ ।

आगामी आवका लागि मूलत: वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकास ४९ करोड, पूर्वाधार विकास ५ अर्ब ४१ करोड, हरियाली प्रवर्र्द्धन गर्न ४३ करोड, सूचना प्रविधि ४१ करोड, स्वास्थ्य सेवा ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?