+
+
Shares

काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन अल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले युवा लक्षित स्वरोजगार कार्यक्रम र उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
  • महानगरले ७५ वर्ष पूरा भएका ज्येष्ठ नागरिक र पूर्ण अशक्त नागरिकलाई पोषण भत्ता उपलब्ध गराउने भएको छ ।
  • काठमाडौं महानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिबासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, शहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ,’ नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

‘एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई संस्थागत गरिने कार्यक्रममा उल्लेख छ । ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइनेछ। ७५ वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरबासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौंको घोषणालाई साझेदार निकायको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको शहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिकाले आधुनिक तथा पराम्परागत ज्ञान, सिप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘महानगरक्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चरा चुरुङ्गीमैत्री अभ्यासहरू सञ्चालन गर्दै चरा चुरुङ्गीहरूका लागि पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता ‘जेन जेड, जेन अल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?