+
+
Shares

काठमाडौं महानगरले घरघरमा नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने

जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहित स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा युवा केन्द्रित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • महानगरले नवयुवा सहकार्य र आवश्यक अन्य कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
  • महानगरपालिकाले जेनजी, सहिद तथा अमर प्रहरीको नामावलीसहित स्मारक निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरको आगामी आवको बजेटमा यो विषय उल्लेख छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहित स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ । महानगर उपमेयर सुनिता डंगोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरका कारण हिँडडुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?