
२० वैशाख, सिरहा । हतियारसहित प्रहरीले एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ ।
प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवको साथवाट उक्त पेस्तोल र पेस्तोलको खाली खोका फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4