+
+
Shares

भक्तपुरमा सुबिधा सम्पन्न ‘ओल्डेज होम’ संचालन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते २१:१०

१९ वैशाख, काठमाडौं । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी भक्तपुरको चाँगुनारायण–९ ताथलीमा सुविधा सम्पन्न ‘ओल्डेज होम’ संचालनमा ल्याइएको हो ।

विभिन्न कारणले सन्तान टाढा भएका ज्येष्ठ अभिभावकहरुका लागि शान्त र रमणीय वातावरणमा पंचावती होम नामक सशुल्क ज्येष्ठ नागरिक आवास गृह संचालनमा ल्याइएको निर्देशक हेमराज गौतमले जानकारी दिए ।

आवास गहृमा योगा,ध्यान तथा अन्य धार्मिक कृयाकलाप, प्रबचनबाट मनलाई शुद्ध र शान्त बनाउने समय तालिका अनुसारको आहारबिहारको उचित प्रबन्ध रहेनेछ ।

उनले जीवनको उत्तरार्धलाई सकृय र सहज रुपमा उत्साहित जीवनयापन गर्ने उपयुक्त स्थानको रुपमा आवास गृह संचालन गरिएको बताए ।

घरायसी वातावरणमा आरामदायी र सुरक्षित बसोबास उचित प्रबन्धसहित आवास गहृम संचालन गरिएको भन्दै उनले आवस्यकता अनुसार छोटो तथा लामो अवधिका लागि बसोबास गर्न सकिने बताए । होममा डे केयर सेवासमेत उपलब्ध रहेको छ ।

आवास गृहमा सुरक्षित बसोबासको साथ् शान्त र स्वच्छ वातावरण, स्वस्थ तथा पौष्टिक खानाको प्रबन्ध,सिंगल तथा डबल बेड़का आरामदायी कोठाहरु, टिभी, इन्टरनेट, अटेच्ड ट्वाइलेट बाथरुम तथा चिसो तातो पानीको व्यवस्था, चौबिसै घण्टा सुरक्षा व्यवस्था, सिसिटिभीबाट निगरानी, आवस्यकता अनुसार यातायातको व्यवस्था, निजी अर्गानिक गार्डन, स्वास्थ्य परीक्षण, योग, ध्यान तथा खेलकुदको व्यवस्था पनि छ ।

ज्येष्ठ नागरिकहरुको सुबिधाको लागि चौबिसै घण्टा नर्स, नियमित स्वास्थ्य जाँच डाक्टर अन कलको व्यवस्थासहित स्वस्थ र मनोरम दिनचर्याको लागि नियमित तालिका बनाएर विभिन्न खेलकुदहरु खेलाइने निर्देशक गौतमले बताए ।

साथै आबस्यकता अनुसार धार्मिक भ्रमण गराइने, आधुनिक समयका बालबालिकाहरुलाई खेतीपातीको बारेमा ज्ञान दिलाउने र ज्येष्ठ नागरिकहरुसँग अन्तरक्रिया गराउने उद्देस्यले होम भित्रै एग्रो गार्डेनमा मोंटेसोरी र प्रि–स्कुल तहका बालबालिकारुलाई भिजित गराउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?