Comments Add Comment

गुल्मीको सिद्धबाबा भूकम्पमापन यन्त्र जडान

२० वैशाख, गुल्मी । गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । शुक्रबार सिस्मोमिटर यनत्रको रेसुङ्गा नगरपालिकाक प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे ।

उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भूकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।

सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टिकोणले हेर्ने गरिएको बताए ।

रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी विवरण सुरक्षित राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment