Comments Add Comment

एनआरएन ओसिनिया रिजनल सम्मेलन मे ११ र १२ मा

सिड्नी / गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलन अर्को हप्ता सिड्नीमा हुने भएको छ ।

नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका नेताहरु र ब्यवसायीहरुको सहभागिता हुने उक्त सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘इन्भेस्टमेन्ट , इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्दिजिबिहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्दिक तथा ब्यबहारिक बहस हुने आयोजकहरुले बताएका छन् .

क्यानाडाबाट आउने डा प्रमोद ढकाल, अमेरिकाबाट आउने डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ , डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्ने सम्मेलनका निष्कर्षहरू नेपालका लागि निकै उपयोगी हुने संयोजक धर्मराज अधिकारीले बताए ।

नेपालमा अहिले स्थिर सरकार भएकाले बिकासका निम्ति उपयुक्त बाताबरण बनेको र अब प्रबाशी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा ब्यापक छलफल हुने उनले बताए । ‘सम्मेलनमा गैरआवासीय नेपालीहरुका इस्सुबारे पनि छलफल हुनेछ जसमा सस्थागत सुद्धिकरण र नेपालमा भयको लगानी सुरक्षण मुख्य बिषय छन्’- संयोजक अधिकारीले भने ।

एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्रि केसीलगाएतले यो सम्मेलनमा आउने पक्का गरेका छन् ।

सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायतका देशबाट पनि प्रतिनिधि आउने छन् । अस्ट्रेलिया लगायत न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवातु लगायत देशमा एनआरएनका संगठन बनेका छन्, जसको नेतृत्व ओसियाना रिजनल समितिले गर्छ ।

आगामी मे ११ र १२ मा हुने ओसियाना सम्मेलनबाट एनआरएन अन्तर्रास्ट्रिय समितिको चुनावी चहलपहल बढ्ने छ भने नेपालले अस्ट्रेलियामा एकपटक फेरि नेपालमा प्रबाशिहरुलाई लगानी गर्न आकर्षित गर्न सक्ने छ । आयोजक अधिकारीका अनुसार – नेपाल सरकार र यहाँ स्थित निकायहरुले नेपाल प्रबर्धन गर्ने यो अर्को अवसर हुनेछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment